नेपाली सेना अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट : सहायक रथी मल्ल

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति (सहायक रथी) नुरेन्द्र मल्लले नेपाली सेना अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट रहेको बताएका छन् ।

बुधबार कृणादल गणा, फुलबारी व्यारेक पोखरामा सैन्य आधार तालिमको अन्तिम दलेल कवाजलाई सम्बोधन गर्दै सहायक रथी मल्लले राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको र अन्तर्राष्ट्रियस्तरमा नै उच्च छवि बनाउन सफल भएको बताए । हामीलाई चुनौति पनि उत्तिकै छु उनले भने, ुहामीलाई माटोले माग्दैन हामीले माटोलाई दिनुपर्छ । तपाईंहरूलाई आजदेखि राष्ट्र, जनता र नेपाली सेनाको जिम्मेवारी थपिएको छ ।ु दीक्षान्त समारोहमा सहभागीहरू आजदेखि नेपाली सेनाको सदस्य भएको भन्दै संगठनमा स्वागत गरेका थिए ।

कम बजेटको बावजुद सिमित स्रोत(साधनमा पनि पर्याप्त तालिम दिन सफल भएको उनले बताए । आगामी दिनमा नेपाली सेनाको पाठ्यक्रम नै तयार गरेर तालिम दिने तयारी रहेको उनले बताएका छन् । अहिलेको पहिलो चरणाको तालिम रहेको भन्दै उनले यसपछि संगठनको विभिन्न कार्यक्रम, अनुशासन, अन्य विभिन्न तालिमको आधारमा बढुवा तथा पुरस्कृत गरिने बताए ।

नेपाली सेना राष्ट्रको मेरूदण रहेको बताउदै उनले सिपाही बलियो भए मात्र सेना बलियो हुने, सेना बलियो भए देश बलियो हुने उनको भनाई छ ।

फुलबारी गणका गणपति (प्रमुख सेनानी) अमित लामाले सैन्य तालिम र शिक्षालाई थप व्यवस्थित गराउने लक्ष्य रहेको बताए । उनले १०६ जनालाई दिक्षित गरिएको बताए । उनीहरूले ९ महिनादेखि तालिम लिएका थिए ।

तालिममा सैद्धान्तिक र व्यावहारिक ९नक्सा अध्ययन, हतियार तालिम, युद्धकला, फिल्डक्राफ्ट, व्याटलक्राफ्ट, विद्रोह, पतिविद्रोह, ड्रिल तालिम, फायरिङ्ग तथा अन्य विविध विषयवस्तु समावेश गरिएको थियो ।

तालिममा सिपाही रमेश लामा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षमा सर्वोउत्कृष्ट भएका छन् । सिपाही मनु चितौरे मगर र सुनिल गुरुङ्ग क्रमश द्धितिय र तृतिय भएका थिए । त्यसैगरी उक्त तालिम अन्तर्गत ड्रिलतर्फ सिपाही धनबहादुर राना, बाधापारतर्फ सिपाही मनु चितौरे मगर, शारिरिक सहिष्णुतातर्फ सिपाही श्याम मक्रान्ति र फायरिङ्गतर्फ सिपाही सुन्दर घर्ती मगर प्रथम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *