नेराप्रासद्वारा प्रधानमन्त्री दाहाललाई अनलाईनमार्फत ज्ञापनपत्र

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्रिय प्राध्यापक संगठन गण्डकीका प्रध्यानाध्यापकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अनलाईनमार्फत ज्ञापन पत्र बुझाएको छ । प्राध्यानाध्यापकहरुको समूहले आइतबार प्रमलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र जस्ताकोतस्तै :

मितिः २०८०/२/ २८

श्री सम्माननीय प्रधान मन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय
सिंहदरबार, काठमाण्डौं ।

२०८० जेठ १४-१५ सम्म नेपाल राष्ट्रिय प्राध्यापक संगठनको किर्तिपुर काठमाण्डौंमा भएको पहिलो अधिवेशनको उद्घाटनको समयमा भएको घटना र प्रतिघटना बारे तपाईं जानाकार नै हुनुहुन्छ । यस बारे धेरै कुरा गर्न आवश्यक ठानेनौं ।

उद्घाटनको समयमा तपाईंको एउटा वाक्य थियो –तपाईंहरूको यति ठुलो शक्ती रहेछ भन्ने मलाई थाह थिएन । यसबाट हामीले बुझेको कुरा पार्टीले तपाईं स्वयंलाई त यती ढाँटेर राख्न सक्छ भने हामीलाई के गर्छ होला ? कृपया यो तथ्यलाई मनन गरेर प्राध्यापकप्रति असल नेता बनिदिनुहोला।

नेकपा माओबादीले २०५२ देखि शुरू गरेको जनयुद्धका कारण र २०६२-६३ मा सात राजनैतिक पार्टीसँग मिलेर गरेको आन्दोलनले नेपालले पहिलो पटक धर्मनिरपेक्षता सहितको अन्तरिम सम्बिधान पायो । २०७२ मा गणतान्त्रिक सम्बिधान पायो । तर, सम्माननीय प्रमले बुझ्न पर्ने कुरा भनेको शिक्षा र उच्च शिक्षाको रुपान्तरण र गुणस्तर बिना देशको विकास सम्भव छैन । यसका बारेमा आवश्यक पहल गरिदिनुहुन अनुरोध छ ।

तसर्थ, सम्माननीय प्रधान मन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई निम्न लिखित कुराहरूमा धायानाकर्षण गर्न चाहान्छु ।

  • २०८० जेठ १४-१५ सम्म नेपाल राष्ट्रिय प्राध्यापक संगठनको किर्तिपुर काठमाण्डौंमा पहिलो अधिवेशन भएको १३-१४ दिन हुँदा सम्म पनि किन संगठनले पदाधिकारी बनाउन सकेन भन्ने कुराको उत्तर कसले र कहिले सम्म दिने होला ? प्रजातन्त्रमा चुनावी प्रक्रियालाई मानेर अघि जाँदा सबै राम्रो हुन्छ । तसर्थ यस बारेमा ध्यान दिन अनुरोध गर्दछौं ।
  • नेपाल राष्ट्रिय प्राध्यापक संगठनको तर्फबाट पहिलो अधिवेशनका बारेमा संसय हुँदा २०८०-१-२४ मा बागमति इन्चार्ज हितमान शाक्य र २०८०-१-१ गते पार्टी महासचिब देव प्रसाद गुरुङ्गलाई बुझाएको पत्र बारे प्रमलाई जानाकारी छ होला । पार्टीमा आन्तरिक सांगठनिक अवस्था सुदृढ र लोकतन्त्र बलियो नहुँदा बाहिरबाट निकै आक्रमण हुने गर्छ । कार्यकर्ताको सम्मान नहुँदा र उनीहरूको भावनाको कुरामा ध्यान नदिंदालोकले पनि माओबादीका बारेमा प्रश्न उठाउन सक्छ । यस बारेमा प्रमको ध्यानाकर्षण गरेका छौं ।
  • पार्टीको तर्फबाट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको इन्चार्ज तोकेको ब्यक्ती परिबार मोहमा लागेको भनेर प्राध्यापकहरूबाट नै आरोप लगाउँदा इन्चार्ज कृष्णध्वज खड्का, उनका साढु भाइ बिष्णु खनाल र सल्लाहकार चन्द्रमणीलाई पार्टी महासचिब समेतले काँधमा हाल्नु पर्नाको कारण पार्टी मार्फत जानाकारी पाउने आशामा छौं । उनीहरूको लक्ष भनेको संगठनलाई मोलमलाईमा बेच्ने र मोजमस्ती गर्ने रहेको कुरा प्रमलाई जानाकारी दिन चाहान्छौं ।
  • चन्द्रमणी पौडेल त्रिबिको रजिष्ट्रार र पोखरा विश्वविद्याको कार्यकारी सदस्य हुँदा पोखरा विश्वविद्यालयबाट कलेजको सम्बन्धन लगेको भन्ने कुरा हिजो मिति २०८०-२-२७ को पोखराबाट प्रसारण हुने प्रतिपत्र अनलाइनले छापेको छ । उक्त कुराको लिङ्क यहाँ दिइएको छ । <https://pratipatra.com/archives/20903>पौडेलले लगेको सम्बन्धनबाट कृष्णध्वज खड्का र बिष्णु खनालले शेयर पाएको भन्ने कुराको उचित छानबिन गरी आम नेपालीहरूलाई सत्यतथ्य जानाकारी दिनुहुन हाम्रो अनुरोध छ ।
  • प्रतिपत्र अनलाइनको हिजोको समचारको शीर्षक “बनेन पदाधिकारी नेपाल राष्ट्रिय प्राध्यापक संघमा अझै” भन्ने समचारमा करिब ३ वर्ष सेवा अबधी रहेका चन्द्रमणीले ६ महिनाका लागी मेरो सेवा रहेको हुँदा म बस्ने ६ महिना मात्र हो भनेर झुटो कुरा गर्नुको अर्थ के होला ? उनी त्रिबिको रजिष्ट्रार, पोखरा विश्वविद्याको कार्यकारी सदस्य र राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष भएको मानिस फेरी सल्काहकारबाट किन संगठनको प्रमुख हुन परेको भन्ने कुरा सबैले बुझेका छन् । माओबादीमा पौडेल र खनाल बाहेक अरू पनि भएको हँदा यस बारेमा प्रमको ध्यानाकर्षण गराएका छौं ।
  • माओबादीमा ठुलो संगठन हुँदा बैठक नबसेको जानाकारी हुँदा हुँदै नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सदस्यहरू नै ९९ जनाको केन्द्रिय समिती बनाउन सहमत भएको बेला किन २५० जनाको बनाउन इन्चार्ज खड्का र महासचिब देव प्रसाद गुरुङ्गले इच्छा गरेका होलान भन्ने कुराको जानाकरी पाउने आशामा छौं ।
  • ठुलो संगठन हुँदा विद्यार्थी, वाइसिएल र कर्मचारीमा भएको रडाको बारे अध्यक्ष प्रचण्डलाई थाह नै होला । तसर्थ नेपाल राष्ट्रिय प्राध्यापक संगठनलाई चुस्त बनाउन लोकतान्त्रिक बिधीबाट पदाधिकारी बनाउने बातावरण बनाइदिनुहुन हाम्रो सादर अनुरोध छ ।
  • नेपाल राष्ट्रिय प्राध्यापक संगठनलाई एकाइमा अधिकार दिने, विश्वविद्यालयमा अधिकार दिने र प्रदेशलाई शक्तीशाली बनाएर केन्द्रलाई अध्ययन अनुसन्धानको काममा लगाउन सक्ने स्तरको संगठन बनाउन सहयोग गरिदिनु हुन यसै पत्र साथ प्रम प्चण्डलाई ध्यानाकर्षण गरेका छौं ।
  • अन्यथा नेकपा माओबादी र यसका भगिनी संगठन र सुभेक्षु संगठन भनेको चोकमा राखेको मादल जस्तै हुनेछन् ।र, जसले जति बेला ढ्वाङ्ग ढ्वाङ्ग पार्ने र खरी खसाल्ने हुनबाट जोगाउने काम प्रम प्रचण्डको काँधमा आएको कुरा हाम्रो अनुरोध छ ।
  • त्रिबिको सेवा आयोगको अध्यक्ष खाली भएको १० महिना भयो । यसबाट प्राध्यापक निकै मर्कामा परेका छन् । भागबण्डा भन्दा पनि योग्य र सेवामा रहेको प्राध्यापकबाट मात्र सेवा आयोगको अध्यक्ष बनाउन पहल गरिदिनु हुन अनुरोध छ । अहिले जस्तो सेवा बाट हटेका ब्यक्तीलाई पदाधिकारी बनाउँदा त्रिबिको कुन हालत भएको छ भन्ने कुरा बुझिदिनु हुन समेत हाम्रो अनुरोध छ ।
  • त्रिबिको कुलपतिको हैसियतले २०७९ कार्तिक देखि त्रिबि सेवा आयोगले बढुवाका लागी शिफारिस गरेका प्राध्यापकहरूको नियुक्ती हाल सम्म हुननसकेको हुँदा नियुक्ती हुने ब्यबस्था मिलाइदिनु हुन अनुरोध छ । यस बारेमा त्रिबि प्राध्यापक संघले पनि आवश्यक जानाकारी गराएको छ ।
  • राजर्षि जनक विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा खाली रहका उपकुलपति पदमा योग्य र सक्षम प्राध्यापकबाट नियुक्ती हुने ब्यबस्था मिलाइदिनुहुन यसै पत्र साथ अनुरोध छ ।
  • निजी शैक्षिक संस्थामा समय दिने रनिजी शैक्षिक संस्थामा लगानी गर्ने कसैलाई पनि विश्वविद्यालयका कुनै पनि पदमा नियुक्ती गर्ने ब्यबस्थालाई रोक्न आवश्यक कदम चाल्न अनुरोध छ ।
  • त्रिबिमा सेमेष्टरको परीक्षा दिएको ९ महिना र वार्षिक परीक्षा प्रणालीबाट परीक्षा दिएको १८ महिना सम्म नतिजा ननिस्किने गरेकोमा यस बारे तुरुन्त कारबाही गरि विद्यार्थीहरूको आशा र भरोसा भइदिनु हुन अनुरोध छ ।
  • अन्त्यमा, नेपालको उच्च शिक्षा बारे आवश्यक निर्णय गरी यसलाई रुपान्तरण गर्ने काममा ध्यान दिनु हुन हार्दिक अनुरोध छ ।

प्राध्यापकहरू तथा प्रतिनिधीहरू
नेपाल राष्ट्रिय प्राध्यापक संगठन
पृथ्वी नारायण क्याम्पस पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *