राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल वेरोजगार उत्पादन गर्ने देश रहेको प्रतिक्रिया दिएका छन् । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशस्तरीय विस्तारीत वैठक एंव अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका अध्यक्ष लिङदेनले छोरा बेचेर देश चलाउनुपर्ने अवस्था उत्पन्न भएको बताए ।
‘मेरो देश युवा बेच्ने कारखाना बनेको छ । नेपाल बेरोजगार उत्पादन गर्ने देश पनि हो’ उनले भने । राजनीतिक दल कमाएर खाने माध्यम मात्र भएको बताउदै सरकारका पूर्वउप्रधानमन्त्रीसमेत रहेका लिङदेनले देशका संवैधानिक अंग, आयोग सवै राजनीतिक नियुक्ति हुदा स्वतन्त्र नभएको बताएका छन् ।
संचारकर्मीसंग भेटघाट गर्दै मुद्दा र एजेण्डा मिले पुनः सरकारमा सहभागी हुन सकिने बताएका थिए । सरकारको नेतृत्व कांग्रेसले गरे राप्रपा सरकारमा जान्छ भन्ने संचारकर्मीको प्रश्नमा जवाफ दिदै उनले मुद्दा र एजेण्डा मिल्नुपर्ने तर्क राख्दै जुनसुकै दलले नेतृत्व गरे पनि देशको आवश्यकता अनुसार राप्रपा सरकारमा सहभागी हुने प्रतिक्रिया दिए ।
अध्यक्ष लिङदेनले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा नआउने बताएका छन् । अघिल्लो निर्वाचनमा आएको मत भन्दा यसपटक आउने मत संख्या बढ्ने बताउदै तीन वटा क्षेत्रको उपनिर्वाचनमा आफ्नो तर्कबाट उम्मेदवार भने उठाएको बताए । यो निर्वाचनले गणितियmरूपमा संसदमा कुनै प्रभाव नपार्ने उनको भनाई छ । ‘जनअभिमतको रूपमा महत्वपूर्ण रहनेछ’ उनले थपे ।
