नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत फुटवल खेल शनिबारदेखि

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार)देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ । औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा तेह््रौ संस्करणको नेसनल प्याब्सन खेलकुद महोत्सव हुने भए पनि अनौपचारिक रुपमा भने शनिबार देखि सिनियर छात्र तर्फ फुटवल र जुनियर छात्र तर्फ भने सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको हो ।
पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल शनिबार विहान करिब ७ः३० बजे देखि सुरु हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए । उनका अनुसार जुनियर तर्फको फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा हुने भएको छ । शनिबार देखि मंसिर १९ गतेसम्म दैनिक ५÷६ वटा खेलहरु हुने भएको सह कृयाकलाप संयोजक समेत रहेका केसीले जनाए । प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको उनले बताए । पोखरा रंगशालामा शनिबार विहान बड्र्स एकेडेमी र नेश्नल क्रियसन बिच पहिलो खेल हुने भएको छ । जुनियर तर्फको पहिलो खेल भने कास्की मोडनाइज एकेडेमि र सिद्धिविनायक बोर्डिङ स्कुल बिच खेल हुने भएको हो ।
मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
‘एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवले विद्यार्थीको सर्वाङ्ग विकासको लागि खेलकूद अपरिहार्य रहने अधिकारीले बताए । उक्त महोत्सवमा छात्र तथा छात्रा तर्फको एथ्लेटिक्स,पुरुष फुटवल, पुरुष तर्फको बास्केटवल, महिला तथा पुरुष तर्फको व्याडमिन्टन, महिला तर्फको भलिवल लगायतका इभेण्टमा खेलहरु हुने भएको छ । मंसिर २० गते शुक्रबार राखेपका सदस्य सचिब टंकलाल घिसिङबाट उक्त महोत्सवको उद्घाटन गर्ने कार्यव्रmम तय भएको आयोजकले जनाएको छ । त्यसै गरी बास्केटवल खेल संयोजक राजु कायस्थ, व्यडमिन्टन खेल संयोजक अर्जुन अधिकारी, टि.टि. खेल संयोजक शिवराज पौडेल, भलिवल संयोजक प्रकाशराज वाग्ले र मार्च पार्स संयोजक कमल बहादुर मल्लले आफ्नो तयारी तिव्र पारेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *