पछिल्लो समयमा ४१६ संक्रमित, निको हुनेको संख्या २७०

Share this post :

Facebook
Twitter
WhatsApp

जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित भएका छन पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।
२७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *