परिवर्तनकाे लागि मिजारहरुकाे महत्त्वपूर्ण भुमिका छ : मन्त्री सिम्खडा

Share this post :

Facebook
Twitter
WhatsApp

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले समाज परिवर्तन गर्न मिजारकाे महत्त्वपूर्ण भुमिका रहेको बताएकी छन् ।

मिजार समाज नेपालकाे आयाेजनामा मिजार समाज नेपाल २६ ओैं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पाेखरा महानगर सम्मेलनलाई सम्बाेधन गर्दै उनले धेरै उत्पीडित युद्ध सहभागी भएकाे जानकारी दिईन् । युद्वले उत्पीडितकाे समस्या समाधान गरेको धारणा उनकाे थियाे ।

समाज परिवर्तनकाे पक्षमा लागेको उपलब्धिकाे उदाहरण अहिले सदनमा दलित मात्र १३ प्रतिशत रहेको जानकारी दिईन । दलितलाई संविधानले अधिकार सम्पन्न बनाएको आफ्नो अधिकारकाे रक्षा र बिकास गर्न आवस्यकता रहेको मन्त्री सिम्खडाकाे भनाइ छ ।

आफ्नो व्यवस्था र अधिकार खाेस्न खाेजे यससकाे बिरुद्धमा मिजारहरु उठ्नुपर्नेमा उनले हाैसला दिईन् । मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *