पल शाहको मुद्दामा उच्च अदालतमा बहस

Share this post :

Facebook
Twitter
WhatsApp

अभिनेता पल शाहको मुद्दाउफर उच्च अदालत पोखरामा बसह चलेको छ । बलात्कार आरोपमा मुद्दा खेपिरहेका शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलले बहस गरिरहेका छन् । पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।
उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *