पल शाहविरुद्ध तेस्रोपटक म्याद थपियाे

Share this post :

Facebook
Twitter
WhatsApp

नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध तनुहँ प्रहरीले आज तेस्रोपटक म्याद थप गरेको छ । थुनामा रहेका शाहविरुद्ध ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *