पहिराेमा पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पहिराले पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु भएकाे छ । म्याग्दीको मालिका गाउँपालिका-२ घाङ्लेपानीमा अाएकाे पहिराेले मृत्यु हुनेकाे संख्या ५ पुर्याएकाे हाे ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् । 

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *