केही दिनदेखी परेकाे अविरल वर्षााका कारण पहिराे जादाँ पाेखरामा २६ वर्षिय युवाकाे मृत्यु भएकाे छ । मध्यरातमा अाएकाे पहिराेले गाेठ भत्किदा डिहिकाेपाटनका सन्ताेष सुनारकाे पुरिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
पोखरा–६ स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एकतले कच्चीघरको पछाडिबाट पहिरो आएको थियो । उक्त पहिरोमा परी गम्भीर घाइते भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ तातोपानी घर भएका सुनारलाई राति १ बजेर ५५ मिनेटमा उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Post Views: 22