पाँच दलिय गठबन्धन जोगाउन अन्तिम कसरत

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।सत्ता गठबन्धनका पाँच दल सोही गठबन्धन कायम गर्न अन्तिम कसरतमा छन् ।
चुनाव अघि आगामी पाँच वर्षसम्म अहिलेकै गठबन्धन निरन्तरता दिने प्रतिबद्धता गरेका गठबन्धन चुनाव सकिएसँगै सरकार गठनका लागि बार्गेनिङ गरिरहेका छने । सहमति नजुद गठबन्धनले सरकारको टुंगो लगाउन सकेको छैन् । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आ‍न्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । गठबन्धनमा निर्णायक भूमिकामा रहेका कांग्रेस र माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन चौतर्फी प्रयास गरिरहेका छन् ।
्स्रोतका अनुसार देउवाले पहिला दुई वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछिका २ वर्ष माओवादी अध्यक्ष दाहाल र चुनावी वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने गरी सहमति गर्न प्रस्ताव गरेका छन् । तर, माओवादी अध्यक्ष दाहालले भने आफू पहिलो कार्यकालमै प्रधानमन्त्री हुनुपर्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *