पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुने भएका । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन् भने उपमेयर गुरुङ विजय नजिक पुगेकी हुन् ।
गत बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ । अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि छन् भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि छन् ।
अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।