पार्टीको कार्यक्रममा बिद्यालयमा स्थानिय बिदा, पालिकाको स्पष्टिकरण

Share this post :

Facebook
Twitter
WhatsApp

अर्जुनचौपारी गाउँपालिकाको एक बिद्यालयमा स्थानिय बिदा दिएर पार्टीको कार्यक्रममा गएको खुलेको छ । अर्जुनचौपारी–४ को जन माध्यामिक विद्यालयमा यहि असोज २२ गते गरिएको नेकपा एमालको कार्यक्रममा भाग लिन स्थानिय बिदा दिएको खुलेको हो ।
एमालले पुर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, पुर्वमन्त्री पद्मा अर्यालको उपस्थितिमा अर्जुनचौपरी बजारमा भएको कार्यकर्ता भेलामा स्थानिय बिदा दिइएको हो । बिद्यालयका एक शिक्षकले नाम नबताउने सर्तमा सो दिनको पार्टीको कार्यक्रममा स्थानिय बिदा दिएको बताएपछि गाउँपालिकाले बिद्यालयका प्रधानाध्यापकसंग लिखित स्पष्टिकरण मागेको गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले बताए ।
अत्यावश्क अवस्थामा बर्षमा ५ वटा स्थानिय बिदा दिने भएपनि पार्टीको कार्यक्रममा बिद्यालय बन्द भएपछि दशै पश्चात बिद्यालय खुल्ने दिनमा स्पष्टिकरण मागेको अर्यालले बताए । बिद्यालयका प्रधानाध्यापकको चित्त बुद्दो स्पष्टिकरण नआएमा नियम अनुसारको कारबाहीको गरिने अर्याले बताएका छन् । स्थानिय बिदा नेकपा एमालेको कार्यक्रममा जानको लागि नभई संजोगमात्र भएको बताउदै बिद्यालयका प्रधानाध्यापक तारापती पौडेलले दशैको बेलामा शिक्षकलाई तलब झिक्नका लागि बिदा गरेको बताएका छन् ।
अगिल्लो दिन घटस्थापना, भोलीपल्ट शुक्रबार पर्सीपल्ट शनिबार भएको बताउदै पौडेलले बिदालाई पार्टीसंग जोड्नु सत्यता नभएको बताए । यहाँ अहिलेसम्म कुनै दिन तलब झिक्न बिदा नदिइएको र शिक्षक कर्मचारीको तलब प्रधानाध्यापकले खातामा हालेपछि आ आफ्नो तलब लिने गरिएको विद्यालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *