पार्टी कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ कार्यकर्ता पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विहीवार साँझ पार्टी कार्यालयबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले पार्टी कार्यालयमै ढुँगामुडा गरेका थिए । पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइसकेको छैन् ।
पार्टी कार्यालयका अनुसार सभापतिको कुर्ची, टेवल लगायतका समाग्री र झ्यालका सिसा तोडफोड गरि क्षति पु¥याइएको छ । ‘यदी ठूलै क्षति पुगेको भए पार्टी कार्यालयबाट नै जानकारी आउला’ उनले भने, ‘हामी पनि अनुसन्धानमा लागेका छौ ।’ पार्टीभित्रकै कुरा भएकाले पार्टीको निर्णय अनुसार पक्राउ पर्नेलाई कारबाही प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ । दिउँसो पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक गर्ने क्रममा पनि काँग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । वडा तहमा भागवन्डा नमिलेको भन्दै उनीहरुले नाराबाजीसहित अवरोध गरेका हुन् ।
संयुक्त घोषणपत्र सार्वजानिक कार्यक्रमपछि पार्टी कार्यालयमा छलफल गरिएको थियो ।
पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णय भएपछि काँग्रेस कार्यकर्ता रुष्ट बन्दै आएका थिए । तालमेलमा उपप्रमुख काँग्रेसले पाउने र वडामा आफूखुशी उम्मेदवार उठाउने निर्णयले उनीहरु मत्थर भएका थिए । पार्टी केन्द्रबाटै गठबन्धन मिलेर जाने निर्देशन भएपछि पुनः गठबन्धनको वैठकले केही वडा माओवादी र समाजवादीलाई पनि दिने सहमति भएको थियो । उक्त विषयमा असन्तुष्टि जनाउदै काँग्रेस कार्यकर्ता असन्तुष्टि बनेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *