पार्टी सभापति र संघीय सांसद नै महाधिवेशन प्रतिनिधिबाट पराजीत

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेस स्याङ्जा पार्टीका कार्यवहाक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् । सोमबार भएको मतदानको मंगलबार विहान नतिजा सार्वजानिक गरिएको थियो । खुलातर्फ प्रतिस्पर्धा गरेका रानाले जम्मा ४३७ मत प्राप्त गरेका छन । महाधिवेशन प्रतिनिधिमा खुलातर्फ क्षेत्र नम्बर १ बाट १० जना विजयी हुदा राना भने १२ औँ नम्बरमा परेका हुन् ।
राना पार्टी सभापति देउवा लाइनबाट चुनाव लडेका थिए । यस्तै, संघीय सांसद मोहनप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिबाट पराजीत बनेका छन् । खुलातर्फ चुनावी मैदानमा उत्रिएका उनी ४७९ नम्बर ल्याएर १२ औ नम्बरमा परेका हुन् । पाण्डे रामचन्द्र पौडेल लाइनका मानिन्छन् ।

यस्तै, पार्टीका पूर्व सभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् भने वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल पनि पराजीत बनेका छन् । उनीहर संस्थापन पक्षका मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *