पाल्पामा पहिरोले जिप पुरिदा तीन जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पाल्पामा पहिरोले जिप पुरिदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बुधबार पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरो खस्दा जिप पुरिएको हो ।

दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले तीनै जनाको घटनास्थलमै माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *