पोखरा महानगरको मतगणना स्थलबाट दुइ जना नक्कली प्रतिनिधि पक्राउ परेका छन् । प्रहरीले नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।
राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य राखेको छ ।
Post Views: 21