पाेखरामा दाेस्राे परामर्श तथा राेजगार मेला

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरामा दाेस्राे वृत्ति परामर्श तथा राेजगार मेला-२०८१ आयाेजना गरिने भएकाे छ । गण्डकी प्रदेश सरकार र पाेखरा महानगरपालिकाकाे संयुक्त आयाेजनामा मेला राख्न लागिएकाे हाे । सूचना, प्रचारप्रसार उपसमितिका संयाेजक अम्बिकाप्रसाद आचार्यले मेला वैशाख १० देखि १२ गतेसम्म पाेखरा सभागृहमा चल्ने जानकारी दिए ।

मेलाबाट वेरोजगारले रोजगारका अवसर प्राप्त गर्न सक्ने विश्वास आयाेजककाे छ । कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ई-क्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान र निर्माण व्यवसायसम्बन्धि स्टल राखिनेछ ।

यस्तै, मुद्रण व्यवसाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तिय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमीको व्यवसाय, नव प्रवर्द्धनात्मक अभ्यास, विद्यालय, क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगकारदाता संस्थाह र आइटी व्यवसाय अपेक्षित उपलब्धि रहने आयाेजकले जनायाे ।

मेलामा विभिन्न उमेर समूहका दश हजार जना भन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा  छ। यसका लागि १५ लाख रूपैयाँ छुट्याइएको छ । ‘मेलाले शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध हुनेछ भने बेरोजगारका लागि रोजगारीका अवसर र श्रम बजारमा रहेका रोजगारदाताहरुका लागि दक्ष जनशक्ति/कामदारको उपलब्धताका लागि साझा थलोको बिकास हुनेछ’ आचार्यले भने ।

मेलालाई सम्पन्न गर्न सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको संयोजकत्वमा मेला समन्वय समिति र मन्त्रालयका सचिवको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन भएको छ । यसैगरी, मेलालाई थप व्यवस्थित बनाउन सूचना, प्रचार प्रसार उपसमिति, स्रोत व्यवस्थापन उपसमिति, मेला स्थल, मञ्च एवम् स्टल व्यवस्थापन उपसमिति, रोजगार क्षेत्र पहिचान तथा संघ संस्था एवम् स्वयम सेवक परिचालन उपसमिति र अध्ययन अनुसन्धान, तथ्याङ्क व्यवस्थापन र प्रतिवेदन उपसमिति गरि ६ वटा उपसमिति गठन गरिएकाे प्रचारप्रसार संयाेजक अम्बिबाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

दुई दिनसम्म चल्ने मेलामा सफल एवं प्रतिष्ठित उद्यमीबाट उद्यमशीलता विषयमा उत्प्रेरणात्मक प्रस्तुती रहनेछ भने उद्यमशीलता र रोजगारी विषयमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछन् । गतवर्षसम्म संचालन गरिएकाे यस मेलाबाट कति आम्दानी भयाे र कति जनाले राेजगारी पाए भन्ने तथ्यांक आयाेजकसँग छैन् । गतवर्ष ४ हजारले मेला अवलाेकन गरेका थिए ।

रोजगार मेला किन ? भन्ने संचारकर्मीकाे प्रश्नमा उनले भने, ‘ वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान गर्न, बेरोजगारहरुका लागि रोजगारीको अवसर जुटाउन, शिप परीक्षण र प्रमाणीकरण बारे जानकारी गराउन, सिपमुलक तालिमका अवसरहरुको जानकारी गराउन, स्थानिय जनशक्तिलाई स्थानियस्तरमै रोजगारी दिलाउन, श्रम बजारमा दक्ष जनशक्ति/कामदार उपलब्ध गराउन, विभिन्न रोजगारीका सम्भावित क्षेत्र र अवसरहरु बारे जानकारी गराउन, विद्यालय तहको अध्ययन पश्चात के पढ्‌ने, के सिक्ने भनेर अल्मलिएकाहरुलाई परामर्श सेवा प्रदान गर्न, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली (TEMIS) भरी रोजगारीको अवसर र दक्ष जनशक्तिको बारेमा जानकारी लिन दिन र प्राविधिक शिक्षा तथा व्यवसायिक सीप हासिल गर्न चाहनेहरुलाई अवसर प्रदान गर्न र छात्रवृत्ती प्राप्त गरी अध्ययन गर्न चाहनेहरुलाई जानकारी दिनु नै मुख्य उदेश्य हुन् ।’

मेलामा दक्ष, क्षमता भएकाले राेजगारी पाएकाे दावी आयाेजककाे छ । आयाेजकका अनुसार गतवर्षकाे मेलाबाट सबैभन्दा बढी चालक र सहचालक लाभान्वित भएका थिए । मेला व्यवसायी र वेराेजगारी युवालाई जाेड्ने माध्यम बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *