पोखराको बजार क्षेत्र यतिबेला रंगीन छ । विगतका वर्षमा रंगीन नपाएका घरहरुमा यसवर्ष छुट्टै रौनक देखिन्छ । होली खेल्ने महिला, केटोकटी, पुरुषका छुट्टाछुट्टै समुह छन् । हातमा अविरका पोका लिदै विहीबार वेपर्वाह होली मनाएका छन् ।

देवता “बिष्णु”ले एउटा अवोध बालक भक्तप्रल्हाद होलीकाको भदैलाई प्रयोग गरेर फुपु होलिकाको हत्या गरेको दिनलाई बिजय पर्वको रूपमा मानिदै अाएकाे छ ।




हिरण्य कस्यपुलाई हिन्दु देवता बिष्णुले नरसिंह (आनुहार सिंह र शरीर मानिस) रूप धारण गरेर षडयन्त्रमूलक तरिकाले मारेका थिए ।
पानीको पिच्केरी हान्नेदेखी अविरको छर्काले कोही बाँकी छैनन् । तर, जतिसुकै ठूला समूह भएर होली खेलिए पनि अनुमतिविना अरुलाई होलीले भने छ्यापिएको छैन् । अनुमतिले लिएर नै होलीको टीका लगाइदिने गरेको पोखरा–१७ पार्दीमार्गकी लक्ष्मी श्रेष्ठ बताउँछिन् । यसो त, पोखरामा संस्थागतरुपमा होलीको आयोजना गरेर मनाइएको भए पनि स्थानीय आ–आफूहरु भेला भएर होली मनाएका हुन् ।





