पुम्दीकोटमा महायज्ञ, ६ करोड संकलन गर्ने लक्ष्य

Share this post :

Facebook
Twitter
WhatsApp
shiva murti pumdikot

पोखरा महानगर–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । यसको लागि आयोजक पुम्दीकोट विकास समितिले तयारी पुरा गरेको जनाएको छ । महायज्ञ वैशाख १२ सम्म चल्ने छ ।
पुम्दीकोट बिशालमहादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानीको लागि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङस्थल निर्माण गर्ने लगायतका परियोजना रहेको बरालले बताए ।
४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसैगरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, शौचालय लगायतका भौतिक संचरना निर्माण भएको समितिले जनाएको छ ।
उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको अध्यक्ष बरालले बताए । ९ दिच चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने बरालले बताउँछन् । मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने समितिले जनायो । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने छ । यसअघि २०७३ फागुन ३ देखि १३ सम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगदसहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।
पर्यटन प्रवद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सवस्थलसम्म जानआउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको समितिले जानकारी दियो । उक्त बिशाल महादेवको मुर्तिको औपचारिक उद्घाटन विनै दैनिक ५ सय पर्यटक आउने समितिले जनाएको छ । मुर्ति अवलोकनको लागि औपचारिक उद्घाटनपछि प्रशासनको समन्वयमा निश्चित शुल्कः निर्धारण गरिने समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *