पुरुष बास्केटबल : आयोजक टिम गण्डकी फाइनलमा प्रवेश

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी फाइनलमा प्रवेश गरेको छ । आज भएको निकै संघर्षपुर्ण खेलमा गण्डकीले बिभागिय टोली आर्मीलाई ७०-६६ स्कोरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा आर्मीले १६-१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९-३२ स्कोरका साथ अग्रता लिदै तेस्रो र चौथोमा क्रमशः ५३-५० र ७०- ६६ अङले जित हासिल गरेको छ । खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । फाइनल खेल भोलि बिहान गण्डकी र एपिएफबिच हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *