पुर्ण कुमारीले पाइन नयाँ घर

Share this post :

Facebook
Twitter
WhatsApp

अर्जुन चौपारी ४ रापाकोट दमै गाउँकी ७१ बर्षिय पुर्ण कुमारी बिकले नयाँ घर पाएकी छन् । बषौदेखि खर छाएको चुहेको घरमा बसेकी एक महिला विकलाई दलित उत्थान केन्द्र अर्जुनचौपारीले घर बनाएर दिएको हो ।
केन्द्रले बिकको पुरानो घरलाई मर्मत गरेर टिनले छाएर, घरसगै जोडेर चर्पी निर्माण तथा बिजुली बत्ति सहित बनाएर दिएको हो । आफ्नो घर नजिकैकी एकल महिला बिक खर तथा त्रिपालले छाएको चुहिने घरमा बसेको देखेपछि केन्द्रको निर्णयले पहिलो प्रयास स्वरुप घर बनाएर दिएको केन्द्रका अध्यक्ष दिपक सुनारले बताए ।
पहिलो चरणमा बिद्यालयको पुरानो टिनले छाएर घर बनाइ दिएको र केन्द्र मंसिर १६ गते दर्ता भएसगै पहिलो प्रयास स्वरुप बिकको घर बनाएर दिएको सुनारले बताए । बृद्धा बिकलाई घरसगै सुत्ने खाट, लगाउने न्यानो कपडा र बिस्तारा केन्द्रले दिएको छ । ३९ बर्ष पहिला श्रीमान निधन भएको बताउदै बिकले २५ बर्षबाट चुहिने घरमा बसेको र छोरा भारत गएपछि एक्लै बसेको बताइन् । घरसगै जोडिएको चर्पीसहित घर पाएकी नेपालीले कहिलै नसोचेको उपहार पाएको बताउदै निर्माण गर्ने केन्द्रलाई धन्यबाद दिइन् । बर्षातमा छिमेकीको घरमा सुतेको स्मरण गर्दै बिकले घर बनेको ठाउँ बाहेक जग्गासमेत नरहेको बताइन् । भत्ताको भरमा बाचेको बताउदै बृद्ध विकले आफुलाई हेर्ने छोरा बर्षौदेखि भारत बसेको र अहिले साहारा गाउँपालिका र दलित केन्द्र बनेको बताए ।
घरको चाँबी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बृद्ध बिकलाई हस्तान्तरण गरेका हुन् । दलित केन्द्रले पालिकाको समन्वयमा सोचे अनुसार काम गरेको बताउदै तिवारीले असाहय परिवारको लागि पालिका सधै साथमा रहेको र असाहयहरु अध्यारो, भोकै बस्न नपर्ने बताए । ९८ हजार ८ सय ७० रुपैयाँमा बनेको घरमा गाउँपालिकाले जस्ता पाता ब्यवस्था गरेको थियो भने अन्य खर्च केन्द्रले ४५ जना सहयोगी खोजेर बनाएको हो । केन्द्रले सोही गथापाको ४ नम्बर वडाकै ६८ बर्षिया एकल महिला बिष्णुमाया सुनारको घरमा बिजुली बत्ती जोडी दिएको छ । केन्द्रले अब केहि समयमै २ नम्बर वडा खाल्टेमा असाहय एकल महिलाको घर निर्माण तयारी गरेको केन्द्रका सचिब कुमार सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *