पोखराका किरणकुमार गुरुङको तनहुँमा हत्या,

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका वडा नं। ८ का ३४ वर्षका किरणकुमार गुरुङको तनहुँमा हत्या भएको छ । बिहीबार बिहान तनहुँको व्यास नगरपालिका वडा नं ११ स्थित दरैपँधेरा नजिकै उनको हत्या भएको हो ।
गुरुङको टाउकोमा कोदालो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए । गुरुङको हत्या आरोपमा व्यास नगरपालिका वडा नंं। ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीलाई पक्राउ गरिएको छ ।
डिएसपी खड्काका अनुसार गुरुङको हत्यापछि फरार भएका तिवारीलाई इलाका प्रहरी कार्यालय डुम्रेका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश भुषालको टोलीले तिवारीलाई पक्राउ गरेको थियो ।
मृतक गुरुङको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *