पोखराका विभिन्न दोहोरी साँझबाट सात बालिकाको उद्दार

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्दार गरिएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, पोखरा महानगर, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले मंगलबार राती नौ बजेको समयमा रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्दार गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
एसपी थापाका अनुसार पोखरा महानगरपालिका–९ स्थित क्लव डीबाट तीन जना, पोखरा–८ चिप्लेढुँगास्थित गाउँ शहर दोहोरी साँझबाट २ र सोही ठाउँमा रहेको साइनो दोहोरी साँझबाट २ जनाको उद्दार गरिएको छ । बालिकालाई व्यवसायीहरुले रात्रीकालीन व्यवसायमा संलग्न गरेको सूचनाको आधारमा टोली अनुगमनको लागि गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *