पोखरा महानगरको मेयरमा कांग्रेसका तीन नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विमलबहादुर कार्की, ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनीहरुले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मेयरमा कांग्रेसका १८ आकांक्षीमा थिए ।
गठबन्धनका तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरिसकेका छन् । गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको उनीहरुको भनाई छ ।
Post Views: 23