पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेका आकांक्षी सवै सिफारिस

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नको लागि एमालेले आकांक्षी सवै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । शुक्रबार हुने भनिएको मतदान स्थगित गरी आकांक्षी सवैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत रहेका प्रदेश सभा सदस्य राजीव पहारीले जानकारी दिए । उनका अनुसार मेयरका लागि १२ र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् ।
एमाले पार्टी कार्यालयमा निर्वाचन प्रक्रिया पुरा गरिएको भए पनि अन्तिममा मतदान नभएको उनले बताए । पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् । यस्तै, उपमेयरका लागि विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, जिवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *