पोखराको लेकसाइडमा आगलागी पसलहरु जलेर नष्ट

Share this post :

Facebook
Twitter
WhatsApp

आज सोमबार बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पति जलेर नष्ट भएको छ । आगलागीबाट दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *