पोखराको विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराको विजयपुरमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नवलपरासी गैडकोट(१७ का मुर्कुस तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन ।
पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ख २९४८ नं।को फलामे छड रड बोकेको ट्रक आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *