पोखराबाट बंगलादेश सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराबाट बंगलादेश सीधा उडान गर्न एयर एस्ट्रले तयारी थालेकाे छ । एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि इच्छा देखाएर प्रक्रिया अगाडि बढाएको हो ।

डेढ वर्षअघि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायुसेवा कम्पनी ‘एयर एस्ट्रा’ले सीधा उडानको तयारी थालेको हाे । 

पोखरामा उडान सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले निरन्तर सम्पर्क गरिरहेको नागरिक उड्डयन महाशाखाकी सहसचिव इन्दु घिमिरेले बताइन् । 

झन्डै ३० अर्ब लगानीमा निर्माण गरिएको पोखरा विमानस्थल १७ पुस २०७९ बाट सञ्चालनमा आए पनि अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन । फाट्टफुट्ट मात्र उडान भएकाे यस विमानस्थलकाे पछिल्लोसमय चाैतर्फि आलोचना हुने गरेकाे छ ।

एयर एस्ट्राले उडान सुरु गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । 
साथै, एयर एस्ट्राको पनि पहिलो अन्तर्राष्ट्रिय उडान सेवा हुनेछ । अहिले एयर एस्ट्राले बंगलादेशमा एटिआर ७२–६०० विमानमार्फत आन्तरिक उडान सेवा दिँदै आएको छ ।

अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालकै हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आइरहेको ड्रुक एयरले पोखरा र भैरहवामा पनि सीधा उडानका लागि अनुमति मागेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न बुद्ध एयर, हिमालय एयर, जजिरा एयरवेज, बिज एयरलगायत चासो देखाउँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले नेपाल र बंगलादेशलाई विमान बंगलादेश र हिमालय एयरलाइन्सले सीधा उडानमार्फत जोडिरहेका छन् । यसअघि युएस बंगला एयरलाइन्सले काठमाडौं उडान गरे पनि अहिले सेवा बन्द छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *