पोखरामा आलु महोत्सव

Share this post :

Facebook
Twitter
WhatsApp

‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ मुल नाराका साथ पोखरामा आइतबारदेखी आलु महोत्सव सुरु भएको छ ।
मिलनचोकबाट महोत्सवस्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकीसहित शोभा यात्रा निकालिएको थियो । उक्त शोभायात्रामा सयौं हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो पनि गरे ।
महोत्सव विष्णुपादुका क्लवले आयोजना गरेको हो । गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवमा साँस्कृति कार्यक्रम पनि चल्नेछ ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धीविविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिनेछ ।
त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गदैछ । कोरोना भाइरसका कारण ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँ माआलुको कारोवार भएको छ । करिव ४० टन आलु विक्री वितरण हुने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *