पोखरामा आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा आजदेखी तीन दिने आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । विद्यार्थीको गुणस्तर बृद्धिका लागि सम्मेलनको आयोजना गरिएको विविले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा विद्यार्थी र प्राज्ञ गरी ३ सय जना सहभागी छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङका अनुसार ७ देशका प्राज्ञ सम्मेलनमा सहभागी छन् । सहभागी विद्यार्थीले प्रतिव्यक्ति १५ सय र प्राज्ञले प्रतिव्यक्ति ३ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने गण्डकी विश्वविद्यालयका अनुसन्धान अन्भेषण तथा आविष्कार केन्द्रका निर्देशक रामकुमार थापाले बताए ।

सम्मेलनमा सहभागी सात देशका प्राज्ञमध्ये नेपालबाट डा भगवान भण्डारी, काठमाडौं विश्वविद्यालयका प्राडा भुपेन्द्र विमल क्षेत्री र नेपाल हेल्थ प्रोफेसनल काउन्सीलका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ सहभागी छन् ।

युनिर्भसिटी अफ अफसोड युकेबाट सौमित्रदत्त, थाइल्याण्डबाट यो थिङ सर्वाङदी, जापानका यो सी वबायासी र नर्वेका माटिना क्राइसचले प्रस्तुती राख्ने सम्मेलनका संयोजकसमेत रहेका थापाले बताए ।

सम्मेलनमा २० वटा सेसन हुनेछन् । जसमा ९१ वटा प्रस्तुती रहनेछन् । अनुसन्धानकर्ताले आ–आफूले रिसर्च र आविष्कार गरेका विषयवस्तु प्रस्तुत गर्ने गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताए । यो थिङ सर्वाङदी भौतिकरुपमा नेपाल सहभागी भएका छन् भने अन्य विदेशी प्राज्ञले अनलाइनमार्फत प्रस्तुती राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *