पोखरामा सीधा उडानका लागि भुटानले माग्याे अमुमति

Share this post :

Facebook
Twitter
WhatsApp

भुटानले पोखरामा सीधा उडानका लागि अनुमति मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग पोखरा र भैरहवाका लागि पनि सिधा उडानको अनुमति मागेको छ ।

भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई शहरमा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो । नेपाल र भुटानबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो ।

भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया अघि बढाउने पक्षमा रहेको स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *