पोखरामा एकै विद्यालयका १० जनाले ल्याए ४ जीपीए

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका अन्तर्गत मासबारमा रहेको मदरल्याण्ड (नीजी) माविबाट १० जनाले ४ जीपीए ल्याएका छन् । २०८० मा एसईई दिएका आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकालले ४ जीपीए ल्याएका हुन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । प्राचार्य नारायण बरालले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा खुसी व्यक्त गरेका छन् । यसअघि २०७५ को एसईईमा मदरल्यान्डका ७ विद्यार्थीले ४ जीपीए ल्याउँदा देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो ।
यसैग्री, एसइई–२०८० को नतिजामा गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउनेमा आयुष पराजुली र ओजश्वी शर्मा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *