सत्तारुढ दल गठबन्धनले पोखरा महानगरको लागि ५ वर्षिय कार्ययोजना सावैजानिक गरेको छ । घोषणापत्रमा विद्युत्तीय रेलदेखि सुरुङमार्गसम्म समेटिएको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यले बिहीबार पोखरामा सत्तापक्षीय गठबन्धनको तर्फबाट संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।
पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको घोषणापत्र सार्वजनिक गर्दै उनले मेट्रोबाट फेवा (बेगनास जोड्ने योजना सुनाए । अघिल्लोपल्ट एमालेको घोषणापत्रमा जलमार्गबाट फेवा (बेगनास जोड्ने योजना थियो । कार्यक्रममा गएको चुनावमा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा भएका योजना पूरा नभएको सन्दर्भ जोडेर उनीतिर प्रश्न तेर्सियो । जवाफमा उनले भने, ‘अघिल्लो घोषणापत्रमा भएका योजना पूरा गरिदिएको भए त्यो पार्टी (एमाले) छोड्नुपर्ने परिस्थिति बन्ने थिएन ।’
उनले पोखरा रिङरोड, मध्य पहाडी राजमार्ग र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास रोड, फेवाताललाई जोगाउन बाइपास ढल, ल्यान्डफिल साइट व्यवस्थापन, बसपार्क निर्माण, पुरानो पोखराको संरक्षण, सेती नदीलाई सुन्दर बनाउनेलगायत योजना सार्वजनिक गरे । ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ नारा दिइएको उक्त संयुक्त घोषणापत्रमा समुन्नत पोखराका सात प्रस्थान विन्दु तय गरिएको छ ।
गठबन्धनको संयुक्त घोषणापत्र जस्ताकोतस्तै…..
