नेपाल रेडक्रस सोसाइटी र सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पोखरा–८ मा संचालन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार भाद्र ५ सम्म कास्कीमा ९७९ जनामा डेंगी संक्रमण देखियो । जसमा २ जनाको मृत्यू भइसकेको छ । सबैभन्दा धेरै संक्रमित भएको वडा ८ नम्बर पनि हो । डेंगीबाट यस वडामा १५७ जना, ५ मा ८६ जना, ७ मा ३७ जना र १७ मा ३५ जना संक्रमित भइसकेका छन् ।
डेंगी खोज्ने तथा नष्ट गर्ने अभियानमा पोखराका अन्य वडामा सशस्त्र प्रहरी, स्थानिय समुदाय तथा अन्य सरोकारवाला निकायको सहभागीतामा डेंगी सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माले जानकारी दिए ।
Post Views: 39