पोखरामा नगरबसको ज्यादती बढ्दै जादा साना सवारी साधनलाई मात्र होइन्, पैदलयात्रुले पनि जोखिम मोल्नुपरेको छ । नगरबसले नियम नटेर्दा सवारी दुर्घटनाका खबर दिनानुदिन बढ्दै गएको पाइन्छ । पोखराको न्युरोडमा गत शुक्रबार ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दियो । स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो ।
मिनी बसेको ठक्करबाट घाइते भएका थकालीको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अहिले चालक प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले दिएको जानकारी अनुसार माइक्रो बसले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर त पुयाएको थियो ।
यस्तै, चैत ३ गते बिहान पोखराको चिप्लेढुंगामा स्कुटरलाई ठक्कर दिँदा स्कुट चालक २४ वर्षिया दीक्षा कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो । माइक्रोका चालक प्रहरी नियन्त्रणमा छन् । गत माघ २६ मा पोखरा बसपार्क नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाइन् । यी घटना केही उदाहरण मात्र हुन् ।
केहीदिन अघिमात्रै पोखराको रत्नचोकस्थित कारले स्कुटरलाई ठक्कर दियो । त्यसक्रममा ट्राफिक प्रहरी बुझ्न घटनास्थल पुगेको थियो । भीड लागेको भए पनि माइक्रो बसले भीडको प्रवाह नगरी लापारबाही गाडी चलाए । स्थानीय भन्दै थिए, ‘माइक्रो (नगर) बस छाडा भए ।’ हत्तपत्त ट्राफिक प्रहरीले जवाफ दिदै भने, ‘यी साँढे हुन् । जति गरे पनि नटेर्ने । नियम मान्नु नपर्ने ।’ उनले सरकारले नै कडा भन्दा कडा नियम बनाएर नबाद्धासम्म माइक्रोबस नसुध्रिने तर्क प्रहरीको थियो ।
नगर बस जहाँ मन लाग्यो त्यही रोक्छन् । यात्रु ओराल्ने र उकाल्ने निश्चित ठाउँ तोकिएको भए पनि एक अर्कालाई उछिन्ने वाहानामा तीव्र गतिमा बस चलाउदा जोखिम बढेको प्रहरीको भनाई छ ।
तोकिएको ठाउँमा नरोक्ने, जहाँ मन लाग्यो त्यही रोक्ने, सडकको अवस्था नहेरी तीव्र गतिमा सवारी हाक्ने, एकअर्कालाई उछिन्ने जस्ता क्रियाकलापले अधिकांश दुर्घटना भएको प्रहरीको अनुसन्धानले जनाएको छ ।
पोखरा महानगरपालिकाले नगर बसमा यात्रु चढाउने, ओरल्ने निश्चित ठाउँ तोकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा पोखरामा ७९ वटा दुर्घटना भए । तीन दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यस्तै, ८९ जना घाइते भएका छन् । गत आवमा ९८ सवारी दुर्घटा हुँदा ५५ जनाले ज्यान गुमाएका थिए ।
कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले एक आपसमा प्रतिस्पर्धा गर्दा तीव्र गतिमा सवारी चलाउने हुदा दुर्घटना बढेको बताए । लापारबाहीका कारण नै गम्भिक प्रकृतिका घटना घट्ने गरेको उनको भनाई छ ।
नगरबसको गतिमा रोक लगाउने
पोखरा महानगरले बजार क्षेत्रमा संचालन हुने नगर बसको गति निर्धाण गर्ने भएको छ । नगर बसबाट भइरहेका गम्भीर प्रकृतिका सडक दुर्घटना कम गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले गति निर्धारण गरी सोको कडाईका साथ पालना गराउने निर्णय गरेको हो ।
नागरिक अभियान्ता रामबहादुर पौडेलले बैठकले मापदण्ड बमोजिम सिटी बस स्टप व्यवस्था गरी बस स्टपमा मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको बताए । उनले गति नियन्त्रण तथा ओभर ट्रयाक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको जानकारी दिए ।