पोखरामा पहिरोले पुरिएर एकको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp


पोखरा महानगरपालिका-२७ सहलापाटामा बुधबार विहान पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिदाँ २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
विहान ४ बजे सुतिरहेको अवस्थामा झण्डै २० मिटरमाथिबाट पहिरो खसेर ब्लकले बनेको जस्ताले छाएको कच्ची घर पुरेको थियो । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *