पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान विहीवार बिहान ९ बजेर ६ मिनेटमा पोखरामा अवतरण गरेको हो ।
यो विमान पोखरा विमानस्थलबाट बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।
विमानमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिना सहितको नेपाली टोली आएको छ । यस्तै, पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रुलाई ल्याएको थियो ।
२२ अर्वको लागतमा बनेको पोखरा विमानस्थल पुस १७ गते अर्थात जनवरी १, २०२३ का दिन प्रधानमन्त्ती पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । आन्तरिक उडान शुरु भएको ६ महिनापछि विहीवार अन्तर्राष्ट्रिय पहिलो उडान गरिएको हो । पोखरा विमानस्थलबाट न्यारोबडी जहाजले मात्र उडान भर्न सक्छन् ।