पोखरामा पहिलोपटक अन्नपूर्ण केलवकार संचालनमा आएको छ । पर्यटकीय शहर पोखरा महानगर–१८ स्थित सेतीदेखी सराङकोटसम्म शुक्रबार केवलकार शुभारम्भ भएको हो । फेवाताल किनार सेती बगरदेखी सराङकोटको डा“डा जोड्ने उदेश्यले अन्नपूर्ण केवलकार प्रालिले पोखरामै पहिलो पटक संचालनमा ल्याएको छ ।
अंग्रेजी नयाँ वर्षदेखी संचालनमा आउने भनिएको उक्त केवलबार प्राविधिक कारणले ढिला संचालनमा आएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार पोखराको पर्यटनमा नयाँ ब्राण्ड थपिएको छ । ‘सञ्चालनको घडीमा आउँदा केवलकार समग्र पोखरा र देशका लागिनै गौरवको प्रोजेक्ट हो’ उनले भने । दुई अर्व लगानीमा संचालनमा आएको उक्त केवलकार कोरोना भाइरसका कारण भएको लकडाउनले पनि संचालनमा ढिलाई भएको कम्पनीले जनाएको छ ।
जनवरी १ मा केवलकार दुई घण्टासम्म परीक्षण गरिएको थियो । परीक्षणमा कुनै समस्या नदेखिएपछि संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । केवलकारमा जडान भएका डिव्वा (गुण्डला) र टावरको फिटिङ परीक्षण जापनीज प्राविधिकको टोलीले गरेको थियो । कम्पनीले गत दशैमा नै केवलकार संचालन गर्ने गरि तयारी गरेको थियो ।
कोरोनाको कारण र निर्माण कम्पनीले पटकपटक म्याद थपेकाले तोकिएको मितिभन्दा ४ बर्ष ढिला भई केवलकार संचालन भएको कम्पनीले जनाएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । केबलकार निमार्ण भएपछि फेवातालको किनार सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिने उनले जनाए । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीको लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ । सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरिएको परियोजनाले बतायो । परियोजनाका अनुसार ज्येष्ठ नागरिक र अपाङ्गहरुका लागि भाडामा ५० प्रतिशत छुट दिइने छ ।
केवलकारको तल्लो स्टेशन समुन्द्र सतहदेखी ८ सय २४ मिटरमा रहेको छ भने, माथिल्लो स्टेशन एक हजार ४ सय ६५ मिटर रहेको छ । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेका छन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) रहेका छन् । प्रति डिब्बामा ८ जनाको सिट क्षेमता रहनेछ । उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिदै आएको छ भने व्यावसायीक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ । पोखराको फेवाताल किनार र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको कम्पनीले जनाएको छ ।
नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नया“ प्रविधि प्रयोग भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अत्याधुनिक प्रविधिमा आधारित इकुपमेन्टहरु जडान भएकोले पूर्ण सुरक्षित हुनेछ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको थियो । माथिल्लो स्टेशन भवन सहित स्काई हेवन वेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको त्रिपाठीले बताए । प्राकृति सुन्दरताले भरिएको पोखरामा केबलकार पर्यटकको नया“ गन्तव्य र रोजाइ बन्नेमा व्यवसायीहरु ढुक्क छन् । केबलकार परियोजनाले माथिल्लो र तल्लो स्टेशनमा ३० रोपनी र राइट अफ वे (बाटो)मा २५ रोपनी जमिन ओगटेको जनाइएको छ ।
