पोखरामा पहिलोपटक व्युटी तथा कस्मेटोलोजीकाे पढाइ हुँदै

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो ।

गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागेको बताएकाे छ ।

यो कार्यक्रम नेपालमा नौलो हुने संस्थाको अध्यक्ष ध्रुव  शर्माले बताए । यो विषयमा छालाको हेरचाह, सौर्न्दर्य, मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा पढाइ हुने अध्यक्ष शर्माले जानकारी दिए ।

अहिले नेपाली विद्यार्थी ब्युटी एण्ड कस्मेटोलोजी पढ्न इन्डिया, थाइल्यान्ड, अष्ट्रेलिया, दुवइ, अमेरीका, बेलायत जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।

अब नेपालमै १२ कक्षा सरहको ३ बर्षे डिप्लोमा कोर्स अध्ययन गर्नुपर्ने हुन्छ । अध्ययन सकेपछि नेपालममै स्वरोजगार बन्ने अवसर मिल्ने उनले बताए ।
विकसित मुलकमासमेत माग र कमाई उच्च भएको उनले बताए ।

सीटीईभीटीका निर्देशक टैलेन्द्र आचार्यले व्युटी तथा कस्मेटाेलाेजीमकाे काेर्ष आवश्यक अनुसार फेरबदल गर्न सकिने बताए । व्युटीसियनका पीएचडी हाेल्डर राजेश श्रीले काेर्ष तयार गरेकाे बताउदै उनले अध्यापनबाटै व्युटीसियनकाे लेभल बढ्ने बताए ।

वरिष्ठ प्युटीसियन चिनु गुरूङले शिक्षासंगै साैन्दर्य शिक्षा पनि अपरिहार्य रहेकाे बताईन् । ग्राहककाे माग र साेसल मिडिया अनुसार आफूहरू सजक गरेहकाे बताउँदै उनले साैन्दर्य पेशा पनि चुनाैतिपूर्ण रहेकाे बताईन । काेर्ष सामाजिक संजालमा रमाउने व्युटीसियनलाई गतिलाे झापड रहेकाे उनकाे तर्क छ ।

साैन्दर्यकर्मी पवित्रा घिमिरेले पढाईमा समावेश गरिने विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् । गण्डकी प्रदेशमा १४ सय व्युटीसियन व्यावसाय संचालनमा छन् । गण्डकी टेक्निकल ईन्स्टिच्युट प्राविधिक शिक्षालाई जाेड दिदै २०६८ मा स्थापना भएकाे हाे ।

६ सेमेष्टर रहेकाे यस पढाईका लागि ४ लाख ९५ हजार लागत लाग्नेछ । अध्यक्ष शर्माले यसवर्षदेखि नै पढाइ संचालन हुने बताउँदै शनिवार भर्ना हुने विद्यार्थीका लागि २० प्रतिशत छुटकाे व्यवस्था रहेकाे बताए । यसकाे पढाइ गणेशमान बहुप्राविधिक शिक्षालय काठमाडौमा संचालन गरिएकाे छ भने त्यसपछि पाेखरामा मात्र संचालन हुने (नेपालमा दुई ठाउँमा) सीटीईभीटीले जनाएकाे छ । याे काेर्षकाे डिजाईन सन् २०१७ मा गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *