पोखरामा प्रदूषणले सास्ती, जनजीवन प्रभावित

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनदेखि पोखरामा वायुमण्डल धुम्मिएको छ । प्रदूषित हावाले जनजीवन प्रभावित बनेको छ । हवाई उडान ठप्प भएका छन् । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटक भने पोखराको पर्यटनमा चित्त बुझाउन सकेका छैनन् ।

पोखराको विमानस्थलबाट दैनिक ३३ वटा उडान हुन्छ । हिजोआज भने विमानस्थलमा उडान देखिदैन । प्रत्येक उडान ठप्प भएपछि यात्रुअ लपत्र परेका छन् । आइतबार नियमित उडान नभएको पोखरा विमानस्थलमा शनिवार पनि एउटा उडान हुन सकेन् । सोमबार पनि विमानस्थल खुलेको छैन् । शुक्रबार पनि दिनभर विमानस्थल बन्द थियो ।

पोखराको भिजिबिलिटी एक हजारभन्दा कम देखाएको छ । जसका कारण पाखराबाट विमान उडान गर्न नसकेको विमानस्थलले जनाएको छ । पोखराबाट काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्ज, मुस्ताङ लगायत ठाउँमा उडान हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । अहिले पोखराको हावा निकै अस्वस्थकर देखिएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) अनुसार आइतबार यहाँको वायु गुणस्तर १ सय ५६ रहेको छ । शनिबार यो तथ्यांक १ सय ८९ पुगेको थियो ।

सामान्यतः एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ भने १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ । त्यसपछि दुई सयसम्म अस्वस्थ र तीन सय पúेपछि जोखिमपूर्ण हुने संकेत गर्छ ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य एवं वातावरणविद् डा सुवास अधिकारीले पानी नपरेका कारण प्रदूषण अत्याधिक भएको बताए । उनले लामोसमयसम्म पानी नपरेका कारण यस्तो समस्या देखिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *