पोखरामा बस दुर्घटना, १९ जना घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–२५ हेम्जामा भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन् । शनिवार राती बाग्लुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९२९७ नम्बरको रिजर्भ बस अनियन्त्रित भई डिभाईडरमा ठोकिदा दुर्घटना भएको होे ।
सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार चालक र सहचालकसहित ३६ मध्ये १९ जाना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार घाइते १६जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का ४५ वर्षिय चन्द्रबहादुर गुरुङलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *