पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले पोखरा महानगरपालिकाको मतगणना स्थलमा विरोध जनाएपछि रोकिएको मतगणना पुनः सुरु गरिएको छ । विवाद हुदाँ मतगणना केही समय रोकिएको थियो ।
सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवाद भएको थियो । वडा नम्बर ७ को मतगणना भइरहदा कांग्रेसले बढी प्रतिनिधि राखेको आरोप एमालेले लगाएको थियो । एमालेले हल बाहिर नै नारावाजी लगाएको थियो ।
पोखरामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य एमालेका कृष्णबहादुर थापा भन्दा २ हजार भन्दा बढी मतले अगाडि छन् । वडा नम्बर १ र ५ एमालेले जितेको छ भने २, ३, ४, १२, १३, २३, २४ र २६ कांग्रेसले जितेको छ ।
Post Views: 21