पोखरामा ‘मेयर सम्मेलन’

Share this post :

Facebook
Twitter
WhatsApp

आजदेखी पोखरामा मेयर सम्मेलन सुरु भएको छ । पोखरा महानगरपालिकाको निमन्त्रणमा देशका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत आज पोखरा आएका छन । पोखरा महानगरको निमन्त्रणमा उनीहरु पोखरा आएका हुन् । यस सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ ।
पहिलो दिन पोखरा, काठमाडौै, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राख्ने कार्यसूची रहेको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘संघियता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनेछन् भने पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’ सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची रहेको छ ।

त्यस्तै पूर्वसचिव कृष्ण ज्ञवाली, सुदृढ परीयोजनाका सरोज बस्नेत लगायतले प्रस्तुती राख्नेछन् । महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ । सम्मेलनको दोस्रो दिन सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ । सम्मेलनको पहिलो दिन शुक्रबार संञ्चारकर्मीलाई प्रतित्र्रिmया दिदै सहभागी मेयरहरुले महानगरका साझा चुनौती र कार्यान्वयनमा रहेका जटीलताबारे अनुभव आदानप्रदान गर्ने बताए । भरतपुर र ललितपुरका मेयरको दोस्रो कार्यकाल भए पनि अन्य महानगरका मेयरको कार्यकाल भने पहिलो हो ।
स्थानीय तहका नीति तथा ऐन, कानुन निर्माणमा भोग्नुपरेका समस्याको समाधानका उपायबारे छलफल हुने मेयरहरुले जनाएका छन् । त्यस्तै बिकासे काममा महानगरलाई दिनैपर्ने अधिकार संघ सरकारले आफै राख्दा भोगेका समस्याका बारेमा पनि छलफलसहितको निष्कर्ष निकाल्ने उनीहरुको भनाई छ । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्नेछ । संचारकर्मीलाईसमेत प्रवेश अनुमति नदिईएको सम्मेलनस्थलमा महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र ५ जना विज्ञ गरि २३ जनाको सहभागीता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *