पोखरामा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । गस्ती गएको प्रहरीको टोलीले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ भण्डारढिनस्थित नयाँबस्तीका २६ वर्षिय कपिल घिमिरे रहेका छन् ।
गस्ती गएको प्रहरीलाई गाउँलेले लागूऔषधको कारोबार गरेको सूचना दिएपछि प्रहरीले घिमिरेको घर खानतलासी गरेको थियो । खानतलासीको क्रममा घिमिरे सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाईछिपाई राखेको डाईजापाम २२८ एम्पुल, फेनेरागन २१२ एम्पुल र बु्रफिन २२२ एम्पुल गरी ६६२ एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनले लागूऔषधसंगै एउटा मोवाइल पनि भेटिएको बताए । घिमिरेलाई विहीवार जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
