पोखरामा लागूऔषधसहित ८ जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीका विभिन्न ठाउँबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ घर भई हाल पोखरा–१४ चाउथे बस्ने वर्ष २१ को प्रमिस गुरुङ, म्याग्दी घर भई पोखरा–३ बस्ने २८ वर्षको दिपक पुन, २५ वर्षको प्रदिप फगामी र पर्वत मोदी गापा–४ घर भई हाल पोखरा–१८ बस्ने वर्ष ३० को लविन पुन रहेका छन् ।
प्रमिसको साथबाट लागूऔषध ब्राउनसुगर (खैरो धूलो पदार्थ) ०.३५ ग्राम बरामद भएको छ भने, बाँकी ३ जनाको साथबाट लागूऔषध डाईजापाम २५ एम्पुल, फेनेरागन २६ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७६ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा–३० पावरहाउसस्थित सवारी साधन चेकजाँज गर्दा तनहुँबाट पोखरातर्फ आउँद गरेको बसमा लुम्बिनी सांस्कृति नपा–२ का २० वर्षिय द्वारिका लोध, मायादेवी गापा–६ का १७ वर्षिय किशोर (नाम नखुलाइएको), पोखरा–११ रानीपौवाका २७ वर्षिय सन्दिप गुरुङ र पोखरा–११ काँहुडाँडाका २७ वर्षिय विश्व कार्की रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल बरामद गरेको छ । यी आठै जना बुधबार पक्राउ परेका हुन् । उनीहरुलाई विहीवार जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि ५/५ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *