पोखरामा सहकारीपीडितको प्रदर्शन

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित सहकारीपीडितले प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूले माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि नेता कार्यकर्ताले शनिबार र आइतबार पोखरामा प्रदर्शन गरेका छन् । रास्वपा नेता कार्यकर्ता सहिदचोकमा प्रदर्शन गरिरहेका छन् । दुई पक्षबीच झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *