पोखरामा १६ तोला सुन बरामद, दुई जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका १६ तोला गरगहना बरामद गरेको छ । सोमबार पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक मोवाइल पसलबाट प्रहरीले सुनका गहना बरामद गरेको हो । सुनसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–२ घर भई हाल पोखरा–१२ बस्ने २२ वर्षिया शिवदेवी चौधरी र मोवाइल सचालक २७ वर्षिय सुजन अधिकारी रहेका छन् । पक्राउ परेको दुवै जनालाइ मंगलबार जिल्ला अदालत कास्कीमा आज चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
पोखरा–१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरभित्र आवासबाट सुनका गहना हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त गहना सोही घरमा काम गर्दै आएकी चौधरीले चोरी गरेको खुल्न आएको हो । चौधरीले चोरी गरेका गहना मोवाइल पसलमा लगेर लुकाई राखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जनाए ।
यस्तै प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा–१५ नागबेली बस्ने २५ वर्षिय वाल आले र सिराहा घर भई पोखरा–७ घारीपाटन बस्ने ३३ वर्षिय अरुण तामाङलाई पक्राउ गरेको हो । सोमबार साँझ नागबेली मार्गमा लागूऔषध विक्री गरेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराले पक्राउ गरेको हो । दुवै जनाको साथ र कोठाबाट नुर्फिन ३०, डाईजपाम ३० र फेनारगन ३० गरी जम्मा ९० एम्पुल लागूऔषध बरामद गरिएको प्रवक्ता विकले बताए । पक्राउ परेको आले र तामाङलाई मंगलबार जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *