पोखरामा १ महिना पुग्ने इन्धन भण्डार

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल आयल निगमले पोखरामा तेस्रो ठूलो भण्डारण टंकी निर्माण गरेको छ । नेपाल आयल निगम गगनगौडा इन्धन डिपो परिसर पोखरा महानगरपालिका-२९ र ३० को पावरहाउसमा नयाँ टंकी बनाएको हो ।

करिब ८९ कराेडकाे लागतमा २ वर्ष लगाएर निर्माण गरिएको भण्डार गउह १० हजार केएल (एक करोड लिटर) रहेकाे छ । प्रदेशको हालको दैनिक खपत र भण्डारणको अवस्थालाई तुलना गर्दा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै कारणले अवरोध भए पनि डिजेलको मागलाई डिपोले ७ दिनलाई मात्र र पेट्रोलको मागलाई २ दिनमात्र धान्न सक्ने अवस्था रहेको थियो । नयाँ भण्डारण परियोजना बनेपछि डिजल करिब ३० दिनलाई पुग्नेछ । २ भर्टिकल ट्रयांकी र एक फायर वाटर टंकी बनेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सोमबार टंकी उद्घाटन गरे । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भण्डारण गृहमा आपतकालीन अवस्था आएको खण्डमा एकै स्विचमा सबै प्रणाली बन्द गर्न सकिने बताए । रिमोट कन्ट्रोलबाट काम गर्न सकिने भएकाले कुनै पनि कारणले डिपोमा आगलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताका पूर्वाधार यहाँ रहेको उनले बताए ।

गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । हाल १ दिनमा यस प्रदेशमा ३ लाख २० हजार लिटर डिजेल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोल भण्डारण क्षमता छ । साबिकको ७ सय ६० केएल क्षमताको मट्टीतेल टंकीको पेट्रोल टंकीमा भएको रुपान्तरणले २ दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनलाई पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *