लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोली लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
गत असोज २९ गते पोखरा महानगरापालिका–९ पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको लागूऔषध एमफेटामाईन (आईस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागूऔषध फेला पारेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा शहीदलखन गाउँपालिका–३ घर भई हाल पोखरा–१५ रामबजार बस्ने हिराबहादुर नेपाली रहेका छन् । नेपाली गाडी चालक हुन् यस्तै सोही गाडीका सहचालक स्याङ्जाको पुतलीबजार नगरपालिका–५ नयाँबजार बस्ने ३८ वर्षका विशाल कार्की, सहचालक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ का ४५ वर्षिय टीकाराम पौडेल र अर्का सहचालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने ३७ वर्षका दीपक परियार रहेका छन् । उनीहरु चारै जनालाई कास्की प्रहरीले मंगलबार जिल्ला अदालत कास्कीमा लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको जनाएको छ ।
